२०८१ पुष ८ , सोमवार

आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो

ncell

सुनाखरी न्युज/ काठमाडौं ।

एनसेलले आधुनिक समयसँगै नयाँ सोचको साथ हुर्किएका नयाँ पुस्तालाई फागु पूर्णिमा (होली पर्व)को महत्त्व बुझाउन सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। ‘आफ्नो लागि मात्र होइन, आफ्नाहरूका लागि पनि हरेक पर्व विशेष बनाऔं’ भन्दै एनसेलले यो भिडियो सन्देश बनाएको हो।

आपसी मेलमिलाप र सद्भाव एवं सामाजिक एकताका लागि फागुन शुल्क पूर्णिमाका दिन मनाइने होली नेपालका प्रमुख चाडपर्व मध्ये एक हो।तर, साथीभाइ, आफन्त र परिवारसँग मिलेर रंगहरू खेल्दै, खुसी साट्दै मनाइने यो पर्वको रौनक बिस्तारै हराउँदै गएको छ।छोराछोरीहरू आ–आफ्नै तरिकाले होली खेल्न घर बाहिर जाँदा बुवा आमाहरू एक्ला हुन्छन्।

यही कमी महसुस गरेर एनसेलले यो भिडियो बनाएको एनसेलले जनाएको छ ।।भिडियोमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधि प्रयोग मार्फत कसरी बुवा आमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छ भन्ने सन्देश रहेको कम्पनीको भनाइ छ ।सन्तानका हरेक खुसीका लागि समर्पित हुँदाहुँदै जीवन बिताएका बुवा आमालाई तिनै सन्तानले दिएको एउटा खुसी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भिडियोमा देख्न सकिन्छ।यी र यस्तै सन्देश मार्फत हरेक नाता-सम्बन्धलाई बलियो बनाउन र चाडपर्वको परम्परालाई जोगाइ राख्न एनसेलले प्रयास गर्दै आएको  कम्पनीले बताएको छ।

फागु विषेश भिडियो हेर्न यहाँ क्लिक https://www.youtube.com/watch?v=t1gZhSuhXdA गर्नुहोला