२०८१ पुष २६ , शुक्रवार

विश्व वित्तीय सप्ताह-२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

विश्ववित्तीय सप्ताह २०२४को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ०८ गते वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत ललितपुर स्थित सानेपामा रहेका स्टार हस्पिटलका चिकित्सकहरु बीच कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख संचालक अधिकृत सन्देश जिसि लगायत कार्य समितिका सदस्यहरुसमेत गरी करीब २२ जना चिकित्सकहरु सहभागिता रहेको थियो ।उतmकार्यक्रम प्रविधिक विशेषज्ञका रुपमाप्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्दझा ले संचालन गरेका थिए ।उक्त वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत चिकित्सा पेशामा व्यस्त रहेका चिकित्सकहरुले समेत निष्क्रिय रुपमा शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने उद्धेश्यका साथ उतmकार्यक्रमको आयोजना गरिएको हो ।

उतmकार्यक्रम ओइिसिडिको द्वारा संगठित विश्ववित्तीय सप्ताह– २०२४को अवसरमा चिकित्सकहरुलाई लगानी सम्बन्धि जागरुकता, लगानीको विभिन्न अवसर र चुनौतीहरु, तथा लगानी सम्बन्धित जोखिम व्यवस्थापनको विषयमा केन्दि«त रहि तालिम कार्यक्रम सम्पन्न गरेको हो ।चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडले आयोजना गरेको उतmकार्यक्रम सेयर बजार सम्बन्धि सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा निकै प्रभावकारी भएकोे बताएका छन् ।

चिकित्सकहरु आफ्नो समय व्यस्त तातथा शेयर बजार सम्बन्धी पर्याप्त ज्ञान नभएको कारण पूंजी बजारमा सक्रिय नरहेको बताएका थिए ।
पंूजीबजार तथा शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले बजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आईरहेको छ ।