२०८१ आश्विन ६ , आइतवार

‘बोक्सीको घर’मा केकीको यस्तो लुक्स

Capture

सुनाखरी न्युज/ काठमाडौं।

आगामी वैशाख १४ गतेबाट रिलिज हुने फिल्म ‘बोक्सीको घर’ को क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले केकीको फिल्म भित्र रहेको क्यारेकटर लुक्स बाहिर ल्याएको हो ।

फागु पूर्णिमाको अवसरमा आयोजित समारोहमा निर्मात्री तथा अभिनेत्री अधिकारी, पूर्वमिस नेपाल माल्भिका सुब्बाले उक्त लुक्स सार्वजनिक गरे । फोटोमा केकीको चरित्र केही डरलाग्दो देखिन्छ ।आठ वर्षअघि मञ्चन भएको नाटकमाथि आधारित रहेर फिल्म निर्माण भएको हो ।

सोसल–थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा विद्यमान कथित बोक्सी कुप्रथालाई चित्रण गर्छ । कुप्रथाको नाममा महिलामाथि हुने हिंसालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायतको अभिनय छ ।केकी अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।