२०८१ मंसिर ११ , मंगलबार

बाल्टिमोरको पुल भत्किँदा वेपत्ता थप व्यक्ति जीवित पाइने आशा क्षीण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा वेपत्ता भएका छ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।दुर्घटना भएको १२ घण्टाभन्दा बढी भइसकेकोले वेपत्ता निर्माण श्रमिक पानीमा जीवित पाउने सम्भावना क्षीण रहेको भन्दै अमेरिकी सामुद्रिक सुरक्षा गार्डले खोजी र उद्धार कार्य स्थगित गरेको छ ।

पानीको तापक्रम अधिक चिसो रहेको र खराब सामुद्रिक मौसमबिचमा बेपत्ता व्यक्तिहरू जीवित भेटिने सम्भावना नरहेको रियर एडमिरल श्यानन गिलरेथले पत्रकार सम्मेलनमा बताउनुभयो ।क्षतिग्रस्त २.६ किलोमिटर लामो इन्टरस्टेट–६९५ पुलमा पानीजहाजको सिङ्गापुरको ध्वजाबाहक कन्टेनर जहाजले ठक्कर दिएपछि पुल मर्मतमा खटिएका करिब २० कामदार पानीमा फसेको प्रारम्भिक अनुमानमा गरिएको थियो ।

स्रोतका अनुसार दुर्घटनामा परि बेपत्ता भएका सबै व्यक्तिहरू सडक मर्मत सम्भारमा खटिएका कामदारहरू थिए ।पाटापस्को नदीबाट यसअघि अन्य दुई जनालाई उद्धार गरिएको थियो, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

उक्त पुल सन् १९७७ मा यातायात सहजताको लागि निर्माण गरिएको र प्रत्येक वर्ष लगभग एक करोड १५ लाख सवारी साधनहरू यस पुलबाट आवतजावत गर्ने गरेको स्रोतले जनाएको छ ।  रासस/सिन्ह्वा