सुनाखरी न्युज/ काठमाडौं ।
अब कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ्कएपद्वारा निक्षेपको ९०%सम्मकर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ ।
हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था थियो भने बैंकले आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्वलाई मध्यनजर गर्दै अब देखी सो सेवा घर बसेर नै लिन सकिने व्यवस्था गरिएको बैंकले बताएको छ ।
मोबाइल बैंकिङ्कएपद्वारा कर्जा लिँदा व्याजदरमा ०.२५% छुट पनि रहेको छ भने यस्तो प्रकारको कर्जा लिनको लागी कुनै पनि किसिमको कागजी प्रकृयाहरु नहुने र मोबाइल बैंकिङ्कएप मार्फत यो सुबिधा चौबिसै घण्टा उपलब्ध रहने व्यहोरा बैंकले सार्वजनिक गरेको छ ।
निक्षेपकर्तालाई आवस्यकता परेका अवस्थामा निक्षेपकर्ताले आफ्नो मुद्वती निक्षेपलाईरद्व नगरी, मोबाइल बैंकिङ्कएप मार्फत सामान्य केहि क्लिकहरु गरेको आधारमै आफ्नो बैंक खातामा तुरुन्तै कर्जाको रकम प्राप्त गर्न सकिने बैंकले जनाए ।कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुबिधाहरु उपलब्ध गराउँदै आएको छ जसले नेपालको बैंकिङ्ग तथा डिजिटल क्षेत्र प्रबर्धन गर्न ठुलो योगदान पुर्याएको छ ।