२०८१ पुष २६ , शुक्रवार

लक्ष्मी सन्राइज बैंकको लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रम

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लक्ष्मी सन्राइज बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोडदिँदै “Spark ’24: Empowering Women in Leadership – Inspire Inclusion” कार्यक्रमको आयोजना गरेको छ।उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य लिली थापा, अन्तराष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसादबान सान्चेज, एफवान सफ्ट ग्रुपका पियुष पौड्याल तथा भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताहरुले महिला नेतृत्व र सशक्तिकरणको बारेमा आफ्ना महत्वपूर्ण धारणाहरु राखेका थिए ।

कार्यक्रमको समापन मन्तव्यमा लक्ष्मी सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यवसायिक विकास तथा मानसिक एवं शारिरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए ।यस पहलमा वृहत मेन्टरसिप कार्यक्रम, लक्षित नेतृत्व प्रशिक्षण, गर्भावस्थाको समयमा लचिलो कार्यव्यवस्थाहरू र महिला कर्मचारी भएका कार्यालयहरूमा स्याहार केन्द्र तथा स्तनपान कक्षहरूको व्यवस्था लगायतका योजनाहरू समावेश छन् ।

वहाँले महिलाहरूलाई व्यक्तिगत र व्यवसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको उल्लेख गर्दै उत्पीडन र भेदभाव कामाम लामा शून्य सहनशीलता कायम गर्ने नीति मार्फत सबैका लागि मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउने प्रतिबद्धता जाहेर गरे ।साथै वहाँले बैंकमा लैङ्गिक प्रतिनिधित्त्व वृद्धि गर्नुपर्ने आवश्यकतालाई पहलहरू कार्यान्वयन गर्न जारी राख्दै भविष्यमा कर्मचारीहरुको निम्ति संस्थाले प्रदान गर्नुपर्ने हेरचाह र उपयुक्त समयको व्यवस्थापनमा हामी तयार रहने बताए ।

पछिल्लो तथ्यांक अनुसार नेपाली बैंकहरूको समग्र महिला कर्मचारी Turnover ratio७% रहेकोमा लक्ष्मी सन्राइज बैंकको१५ भन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने बैंकको प्रयासको सकारात्मक परिणामहरू झल्काउँछ।हाल बैंकको३६५ जनशक्ति महिला छन्भने महानगरहरूमा सो अनुपात ४५५ रहेको छ।काठमाडौं उपत्यका भित्रका बैंकका करिब४०५ शाखामा महिला शाखा प्रबन्धकहरू रहेका छन्भने बैंकको२५५ विभागको नेतृत्त्व महिलाहरुले गरीरहेका छन्।सो कार्यक्रमको अन्त्यमा लैगिंक समावेशीता, समानता र सशक्तिकरण झल्काउन सबै सहभागीहरू मिली “आधुनिक मिथिला पेन्टिङु पनि बनाइएको थियो।

लक्ष्मी सनराइज बैंकको “Spark ’24: Empowering Women in Leadership – Inspire Inclusion” कार्यक्रमले एक वार्षिक परम्पराको सुरुवात गरेको छ, जसले सकारात्मक परिवर्तनलाई अगाडि बढाउने र सबैका लागि थप समावेशी र समतामूलक भविष्य निर्माण गर्ने बैंकको प्रतिबद्धतालाई सुदृढ पारेको छ।