२०८१ पुष २६ , शुक्रवार

कुमारी बैंकद्वारा देशभरका सहभागिहरुलाई वित्तिय साक्षरता प्रदान गर्दै ग्लोबल मनीविक–२४ सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘Protect your money, secure your future’ भन्ने नाराका साथ ‘ग्लोबल मनीविक २०२४’ बाह्रौँं संस्करणमा कुमारी बैंकले अत्यन्तै प्रभावकारि तरिकाले सहभागिता जनाएको छ।

वित्तिय साक्षरताको अभावमा अनौपचारिक वित्तिय संयन्त्रका विसंगतीका शिकार हुनु पुगेका वाहुन सक्ने सम्पुर्ण समुदायहरुमा वित्तिय ज्ञानको सम्प्रेषण गर्दै वित्तियकलामा सुधार ल्याई अब्बल वित्तिय मनोबृद्धि प्रर्वद्धन मार्फत कुसल वित्तिय ब्यवहार विकासलाई प्रमुख लक्ष्यका रुपमा लिदै निम्न लिखित क्रियाकलापहरु सञ्चालनमा ल्याइएको थियो । वित्तिय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन(https://www.kumaribank.com/goal-calculator)

. वित्तिय साक्षरता तथा आचरण प्रर्वद्धनका लागि कर्मचारीहरुको प्रतिवद्धता कार्यक्रम सञ्चालन।
. देशै भरि वित्तिय साक्षरताका आधार स्तम्भहरुको प्रशिक्षण सञ्चालन।
. वित्तिय साक्षरता तथा आचरण विकासकालागि सहभागिहरुलाई सपथ कार्यक्रम सञ्चालन।
. बैंकको सामाजिक संजालमार्फत वित्तिय साक्षरता सम्बन्धि क्विज तथा जनचेतना विकासका सामाग्री प्रसारण ।
. देशै भरि वर्षै भरी वित्तीय साक्षरता प्रर्वद्धनका लागि राष्ट्रिय स्तरमा स्थापित कलाकारहरुको अभिनय सहितको भिडीयो श्रृंखला तथा सामाजिक विषय बस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक ।

सबैका लागि सधैका लागिआधुनिक बैंकिङ सेवा प्रवाहमा अनवरत आफूलाई अग्रपक्तीमा उभ्याउन सफलकुमारी बैंकले ग्लोबल मनीविकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयहरुबाट १२३ ओटा वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेको थियो जसमा ५४ सय भन्दा बढि विद्यार्थी, विभिन्न संघ संस्था तथा समुदायमा आवद्ध सर्वसाधारणहरुले सहभागिता जनाएका थिए ।

कुमारी बैंकद्धारा अभियान अबधिभरमा कार्यान्वयनमा ल्याइएका समाग्रीहरु तथा सञ्चालन गरिएका विषय केन्द्रित क्रियाकलापहरुले ग्लोबल मनीविकको १२ औं संस्करणलाई जिबन्तता प्रदान गर्न सफल भएको देखिन्छ ।