सुनाखरी न्युज/काठमाडौं ।
काठमाडौँ साउथवेस्टर्न बिजनेश कलेजले टोखा स्थित लर्ड प्यालेस बैक्वेटमा आफ्ना नयाँ विद्यार्थीहरूहरुलाई स्वागत अनि पास आउट भएका विद्यार्थीहरूहरुलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननिय भुपाल राई प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा उतकृष्ट हुने विद्यार्थीहरू र कलेजका कर्मचारीहरुलाई बिभिन्न खाले पुरस्कार र सम्मान पत्र बितरण गरिएको थियो।जानकी पराजुली एवं डा. रमा कण्डेल बिशेष अतिथि रहनु भएको उक्त कार्यक्रम डा. कृष्ण बहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले साउथवेस्टर्न बिजनेश कलेजले यस्ता खालका कार्यक्रम गरेर विद्यार्थीहरुको मनोबल बढाउने काम गरेकोमा सबैलाई धन्यबाद दिए ।कार्यक्रमको बारेमा जानकारी दिदै एकेडेमिक कोर्डीनेटर नानी मैया डंगोलले, यो बर्ष हामीले STUDENT OF THE YEARको रुपमा सोनिया थापा र सृजना चौधरी तथाTEACHER OF THE YEAR को रुपमा सुुष्मा श्रेष्ठलाई सम्मान र मायाको चिनो प्रदान गरिएको र आगामी बर्षहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइन ।
कार्यक्रममाActivities, Attendance र Academic शिर्षकहरुमा उत्कृष्ट रहेका विद्यार्थीहरूहरुलाई प्रमाणपत्र, मायाको चिनो एवं GIFT VOUCHER हरु प्रदान गरिएको थियो ।