२०८१ आश्विन ६ , आइतवार

छुटे पक्राउ परेका राजेशपायल राई

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो ।

प्रहरी वृत्त राजेशपायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो ।बानेश्वर वृत्तले पक्राउ गरेका राईसहित ३ र अन्य ठाउँबाट पक्राउ परेका ५ जना गरी ८ जनालाई नै छाडिएको डीएसपी बुढाथोकीले बताए ।

पक्राउ परेका आठै जनालाई सम्झाइबुझाइ गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।