सुनाखरी न्युज/ काठमाडौं ।
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले विद्युतीय गाडी टाटा टियागो इभीको शुरुवाती मूल्य योजना समाप्त भएको जनाएको छ। सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटोशोेको अवसरमा कम्पनीले टियागो इभीे नेपाली बजारमा आकर्षक मुल्यमा सार्वजनिक गरेको थियो ।
टियागो इभीनेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याच ब्याक हो ।हालसम्म यस गाडीका १,५०० भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रुपमा वृद्धी भईरहेको कम्पनीले जानकारी गराएको छ ।यस गाडीको खरिदमा सिमित अवधिको लागि राखिएको मूल्य, ग्राहकहरुले दर्शाएको रुचि र मागको कारण मार्च सम्म लम्बाइएको थियो।
कम्पनिको अनुसार २०२४ अप्रिलको ५ तारिक देखि टियागो इभीको सुरुवाती मुल्यको अवधि सकिएको छ। नेपालमा उपलब्ध टियागो इभीको सबै मोडलहरुमा एक लाखले मुल्य वृद्धि भएको जनाए ।टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनिय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसावले पनि नेपालका लागि उपयुक्त रहेको छ ।
टियागो इभिको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीका पाँचवटा प्रमुख बिशेषताहरु कार्य कुशलता, प्रविधि, विश्वसनियता, चार्जिङ र आरामदायिता रहेका कम्पनीले जनाए । अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा रहेका छन्। दैनिक तथा व्यक्तीगत काम काजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रति दिन बढ्दै गइरहेको बताए ।
सिप्रदी टियागो इभी लगायत अन्य आफ्ना विद्युतीय सवारी साधनहरुको ग्राहकहरुलाई उत्कृष्ट ढंगले सेवा गर्न सधै प्रतिवद्ध रहेको छ । यसै प्रतिवद्धता स्वरुप सिप्रदीले देशकै सबैभन्दा बृहत इभीचार्जिङ एवं ग्राहक सेवा सञ्जाल निर्माण गर्दै आइरहेको छ ।