२०८१ मंसिर ११ , मंगलबार

गण्डकीका मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीको सपथ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरूङले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

आज प्रदेश प्रमुखको निवासमा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री र मन्त्रीहरुलाई सपथ खुवाउनुभएको हो । बिनाविभागीय मन्त्रीका रुपमा नियुक्त चुमान नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य हुनुहुन्छ भने गुरूङ स्वतन्त्र रूपमा निर्वाचित सदस्य हुनुहुन्छ ।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले) संसदीय दलका नेता पाण्डेलाई आइतबार नै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

एमालेका २२, माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।  रासस