२०८१ मंसिर १२ , बुधवार

चीनमा बाक्लो कुहिरोको नयाँ चेतावनी जारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शुक्रबार देशका केही भागमा घना कुहिरोको चेतावनी नवीकरण गरेको छ ।केन्द्रका अनुसार शुक्रबार बाक्लो कुहिरोले पीत सागरका केही भाग र सान्डोङ प्रायद्वीपको तटीय पानी, साथै हेनान, हुबेई, हुनान र चोङकिङलगायत प्रान्तीयस्तरका क्षेत्रका केही भाग ढाक्ने अनुमान गरिएको छ ।

केन्द्रका अनुसार केही प्रभावित क्षेत्रमा दृश्यता एक किलोमिटरभन्दा कममा झर्नेछ । डुङ्गा चलाउने र अन्य सञ्चालनमा संलग्न जहाजहरूलाई सुरक्षित नेभिगेसन सुनिश्चित गर्न तिनीहरूको निगरानीलाई बलियो बनाउन र आफ्नो गतिलाई नियन्त्रित गर्न तथा उचित दूरी कायम गर्न सुझाव दिइएको छ ।

चीनमा बाक्लो कुहिरोका लागि तीनस्तरको रङ–कोड गरिएको चेतावनी प्रणाली रहेको छ । यसमा रातो सबैभन्दा गम्भीर चेतावनी हो । त्यसपछि सुन्तला र पहेँलो चेतावनी रहेको छ ।  रासस/सिन्ह्वा