सुनाखरी न्युज/ काठमाडौं।
वालिङ नगरपालिका-१३ बायाटारीस्थित सडकमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ६८९७ नम्बरको बसबाट खसेर सर्लाही मलंगवा नगरपालिका-६ घर भई स्याङ्जा गल्याङ नगरपालिका-१ खहरे बस्ने २० वर्षीय अमित साहको सोमबार बिहान मृत्यु भएको छ ।
बसबाट खसेर पछाडिको टायरले किच्दा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।