सुनाखरी न्युज/ काठमाडौं ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलि.ले आफ्ना अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल २०० जनाभन्दा बढि बरिष्ठ अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र मुस्ताङको मनोरम दृष्यहरु अवलोकन गराउने र तहाँअवस्थित नेपालको मुख्य तिर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गराउने उदेश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको जनाए ।
कम्पनीका एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले भ्रमण कार्यक्रमबाट देशको आन्तरिक पर्यटन प्रवद्र्धन हुनुका साथै विभिन्न क्षेत्रमाकार्यरत अभिकर्ताहरु बिच एक आपसमा अन्तत्र्रिmया भर्इं अभिकर्ता समूहको दक्षता अभिवृद्धिमा प्रत्यक्ष लाभ पुग्नजाने भएकोले कम्पनीले यस प्रकारको योजना ल्याएको र अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले योजना अत्यन्तै सफ लभएको बताए ।