सुनाखरी न्युज/ काठमाडौं ।
दक्षिण कोरियाले कोरियन भाषा परीक्षाका लागि माग सङ्ख्याको तेब्बर बढीमात्रै आवेदन लिने भएको छ । सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तेब्बर बढीमात्रै आवेदन लिने भएको हो ।
त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग ईपीएस कार्यालय, एचआरडी कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि यस्तो सहमति भएको हो ।
माग सङ्ख्याको आधारमा निकै बढी आवेदन पर्न थालेको भन्दै आवेदनकर्ताको लागि सीमा तोकिएको हो । माग सङ्ख्याको तेब्बर बढी आवेदन परेसँगै अटोमेटिक रूपमा फारम बन्द हुने उनको भनाइ छ । ‘जस्तै कोरियामा यो वर्ष १ हजार कामदार लैजाने हो भने तीन हजार जना पास गरेर रोष्टर सूचीमा राखिन्छ । त्यसका लागि ९ हजार जनाको मात्रै आवेदन लिइनेछ ।
९ हजार जनाको आवेदन पुग्ने बित्तिकै अनलाइन आवेदन फारम अटोमेटिक बन्द हुनेछ,’ निर्देशक कँडेलले भनिन् ।आवेदनकर्ताको चाप निकै बढी हुने वर्षभरि नै परीक्षा गर्नुपर्ने बाध्यता अन्त्य गर्न यस्तो व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।