२०८१ मंसिर २ , आइतवार

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुप¥यो : उपप्रधानमन्त्री लामिछाने

rabi

सुनाखरी न्युज/ काठमाडौं ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति भए पुग्ने बताउनुभएको छ ।राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापनबारे उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो– “इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ ।

विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने हुन्छ । त्यसबेला बजेट छैन भन्ने कुरा आउँछ ।नागरिकको ज्यान जोगाउने कुरा हो । बजेट छैन भनेर नै विपद् र जोखिम न्यूनीकरण गर्ने विषयमा त्यस्तो विपद आउँदा तत्काल उद्धार गर्नेहरु लामो समयसम्म थन्किएका छन् । प्राथमिकता के हो त्यसमा ध्यान दिनुपर्छ । सरकारका तर्फबाट प्रयास गरी नै रहेका छाँै । एकीकृत प्रणालीको अभ्यास गरिरहेका छौँ ।”

उपप्रधानमन्त्री लामिछानेले क्षति न्यूनीकरणको पूर्वतयारीमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “विपद् व्यवस्थापनका लागि के मा कति बजेट आवश्यकता पर्छ, त्यसबारे बृहत् छलफ हुनुपर्छ । आवश्यक स्रोतहरु उपलब्ध गराउन सरकार तयार छ ।”  रासस