सुनाखरी न्युज/ काठमाडौं ।
बिगत केही दिन देखि केही सञ्चार माध्यमबाट आफुप्रति लक्षित गरी सुनियोजित रुपमा निरन्तर समाचार सम्प्रेषण र सोही समाचारका आधारमा सामाजिक सञ्जाल लगायतमा भइरहेका टीका टिप्पणीहरु प्रति घिसिङको गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकारिताको सिद्धान्त, मूल्य र आचारसंहितको उल्लङ्घन गर्दै मेरो र मेरो परिवारका सदस्यहरु (मुख्य रुपमा दाइ र भाइ)को चरित्र हत्या, मान प्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले सुनियोजित रुपमा दूषित मनसायका साथ कपोकल्पित ढङ्गले भ्रमपूर्ण रुपमा समाचारहरु सम्प्रेषण गरिएका बताए ।
निष्ठा साथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा निहीत स्वार्थका साथ यस्ता समाचारहरु सम्प्रेषण भइरहेको मेरो ठम्याइ रहेको छ । यस्ता समाचारको भ्रममा नपर्न यसै विज्ञप्तिमार्फत सबैलाई अनुरोध गरेका छन ।अंशवण्डा गरी लामो समयदेखि मबाटछुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हक अधिकार प्रयोग गरी स्वतन्त्र रुपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेकाछन् । के मेरा दाइ र भाइले स्वदेशमै व्यापार व्यवसाय नगरी विदेशिनु पर्ने हो ?
मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्यन गरेको प्रष्ट पार्न चाहान्छु । यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरुले छानबिन गर्ने नै छन् ।
प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठा साथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनलाई समेत प्रवाहनगरी अहोरात्र खटी नेपाल सरकारले दिइएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताका साथ पूरा गरिरहेको छु । नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारी पूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयका साथ लगाइएका आरोपहरुको खण्डन गर्दछु ।
नेपाली जनतालाई सधैँ लोडसेडिङको अँध्यारोमा राख्न चाहने र त्यसबाट फाइदा लिन पल्किएको, नेपाल विद्युत प्राधिकरणको कारबाहीबाट त्रसित र संस्थाले हासिल गरेका प्रगति एवम् उपलब्धीबाट अत्तालिएको एउटा स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) अहिले मलाई कमजोर बनाउन र मेरो मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रुपमा लागिरहेको छ । प्रचलित सार्वजनिक खरिद कानुन बमोजिम गरिएका खरिद सम्झौताहरु र अन्य कतिपय असान्दर्भिक विषयहरुलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ ।
नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रुपमा सबल एवम् सक्षम बनाउने, विद्युत,उत्पादन, प्रसारण रवितरणतर्फका पूर्वाधार संरचनाहरुको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरुसँगको विद्युत व्यापार विस्तार गर्ने बाहेक अन्य कुनै आफ्ना व्यक्तिगत नाजायज स्वार्थ नरहेको प्रष्ट पारे ।
स्वच्छ र यथार्थ समाचार वाटिप्पणीशिष्ट र मर्यादित भाषामा प्रकाशित गर्नु सञ्चार क्षेत्रको दायित्व रहेता पनि मेरा विरुद्धमा आफैं न्यायिक निकाय जस्तो बनी दोषी करार गर्नु निन्दनीय छ ।नेपाल विद्युत प्राधिकरणका हरेक काम कारबाहीहरु पारदर्शी रुपमा भइरहेका छन् । र,अझै पारदर्शी रुपमा अगाडि बढाइने छ । ऊर्जा क्षेत्रका योजनाहरु कार्यान्वयन गर्ने निकायको कार्यकारी प्रमुखको रुपमा आफ्नो भूमिका अझै निष्ठापूर्वक, इमान्दार भएर पूरा गर्ने यसै विज्ञप्ति मार्फत प्रतिबद्धता जनाए ।