सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल मोबिलिटी सोलुन्सन्सले गर्वका साथ“जुमजुम”, नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालन गरेको छ। नेपालमोबिलिटी सोलुसन्स अन्तर्गत एक ब्रान्डको रूपमा, जुमजुम, आफ्ना ग्राहकहरूको सहज र सुबिधा युक्त यात्राका लागि नयाँ विशेषताका साथ् प्रस्तुत भएको छ।
नेपाली कम्पनी, F1Softग्रुपको विज्ञहरुद्वारा समर्थित र टेक्नोलोजी पार्टनरPickMeद्वारा विकसित एप, जुमजुमले, नेपालको यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउनुको साथै नेपाली यात्रुहरूको आवश्यकता बमोजिम सुविधा प्रदान गर्ने अपेक्ष्या राखेको छ।F1Soft ग्रुपका ऋभ्इ सुबाश शर्माले आफ्नो उत्साहव्यक्तगर्दै भन्नुभयो, “F1Softले सँधै डिजिटल आविष्कारको नेतृत्व गर्दै आएको छ, नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको छ। जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा यस् इकोसिस्टममा समावेश गर्नेछौ ।“
प्रयोगकर्ता मैंत्री इन्टरफेस रहेको जुमजुम एप मार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केहीक्लिकमै सवारी बुक गर्नुको साथै रियलटाइम ट्र्याकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीको साथ झन्झट–रहितयात्राको अनुभव सुनिश्चित गर्दछ। जुमजुमले ड्राइभरहरूको लागि प्रमाणिकरण प्रक्रियाहरू र एप भित्र सुरक्षा उपायहरूको साथ यात्रुहरुको सुरक्षामा महत्वपूर्ण भूमिकानिर्वाह गर्ने अपेक्षा गरिएको छ ।
सुविधाहरुः
• eSewaमार्फत सजिलो भुक्तनीःजुमजुममाभक्भधब डिजिटल वालेट मार्फत सजिलै भुक्तानी गर्न सकिन्छ जसले यात्रुहरूलाई खुद्रा पैसाको लागि लिनु पर्ने झन्झटबाट मुक्त बनाउँछ । साथै चालकहरूले eSewaमार्फत तत्काल भुक्तानीहरू प्राप्त गर्न सक्नुहुनेछ ।
• मलटिपल बुकिङःजुमजुममा विभिन्न गन्तव्यहरूको यात्रा सुव्यवस्थित गर्दै व्यक्तिवा समूहले सहजै एकैसाथ धेरै सवारीहरू बुक गर्न सक्नुहुनेछ।
•गुगलम्यापःजुमजुमसंग आफ्नो सहि गन्तव्य सुनिश्चित गर्नुहोस् । गुगल म्यापमार्फत सही नेभिगेसन र वास्तविक समयको ट्राफिक अपडेटहरूको साथकुशल मार्ग योजना र प्रयोगकर्ता अनुभव सक्नुहुनेछ।
•बुक फर ए फ्रेन्डःजुमजुममा प्रयोगकर्ताहरूले आफ्नो लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरू वा परिवारका सदस्यहरूका लागि पनि सवारी बुक गर्न सक्नुहुनेछ ।
•बीमा कवरेजःबीमा कभरेजले प्रयोगकर्ताहरूलाई अप्रत्याशित घटनाहरूबाट सुरक्षा सुनिश्चित गर्दछ । सुरक्षालाई प्राथमिकता दिँदै जुमजुमले यात्रु र चालक दुवैका लागि रु.५ लाख सम्मको बिमा प्रधान गर्दछ।
साथै जुमजुमले चालकहरूको लागि थप आर्थिक अवसरहरू समर्थ गर्दछ, डाइरेक्शनलहायर जस्ता सुविधाहरू मार्फत, चालकहरूलाई उनीहरूको इच्छित यात्रा दिशामा यात्राहरू स्वीकार गर्न अनुमतिदिँदै, एउटै दिशामा जाने यात्रुहरूसँगको यात्रा सुनिश्चित गर्दछ ।
जुमजुमले पहिलो तीन सवारीहरूमा७५% छुटको प्रस्तावको साथयात्रुहरूको लागि अविश्वसनीय बचतमा जोड दिएको छ । थप रूपमा, चालकहरूले रु. १०००/- ज्वाइनिङ बोनस सहित आकर्षक बोनसहरूबाट लाभ उठाउँन सक्छन । प्रारम्भिक दुई हप्ताको लागि०% कमिशन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जती धेरै राइड त्यती कम कमिसनको योजना ल्याएको छ, साथै चालकहरु दैनिकबोनस रु. २०००/- सम्म कमाउन सक्छन ।
एष्अपःभ श्रीलंकाका ऋभ्इजिफ्री जुल्फरले भने, “हामीँ ज्ञक्यात क्ष्लतभचलबतष्यलब िसँगहाम्रो उन्नत राइड सेयरिङ प्रविधि नेपालमा ल्याउन पाउँदा उत्साहित छौं। यो सहकार्यले हाम्रो साझा दृष्टिकोणलाई प्रकाशित गर्दछ जसमा गतिशीलता र जीवनमा सुधार ल्याउन प्रविधिको प्रयोग गरिन्छ। जुमजुमले नेपालमा यातायातमा नयाँ रुप फेर्नेछ भन्नेमा हामी विश्वस्त छौं।”
अन्तमा,F1Soft Groupका अध्यक्ष विश्वास ढकालले, जुमजुमले नेपालको यातायातको परिदृश्यमा क्रान्ति ल्याइरहेको मात्रै नभएर रोजगारीका अवसरहरू सिर्जना गरी हाम्रो अर्थतन्त्रमापनि महत्वपूर्ण योगदानपुर्याउने बताउनुभयो । उँहाले भन्नुभयो,“यात्रुहरू र चालकहरू बीचको पारस्परिक रूपमा लाभदायक सम्बन्धलाई बढावा दिने हाम्रो प्रतिबद्धताले जीवन र समुदायहरूको उत्थान गर्ने हाम्रो समर्पणलाई जोड दिन्छ। सँगै, हामी नेपालको आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्दै यातायात उद्योगको मापदण्डलाई पुनर्संरचना गर्दै अगाडि बढिरहेका छौं।“
आजै जुमजुम एप डाउनलोड गर्नुहोस्,
डाउनलोड लिङ्कः
. चालकएपःhttps://me-qr.com/l/JumJumDX
. यात्रु एपःhttps://me-qr.com/l/JumJumPX
जुमजुम र जुमजुमको सुविधाहरू बारे थपजानकारीको लागि, कृपया www.jumjum.comमा जानुहोस्।