२०८१ मंसिर ८ , शनिवार

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

citizen-life-insurance_vnRMrdbdj6

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज  ( नेप्से  ) ले सिटिजन लाइफ इन्स्योरेन्सको कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ । कम्पनीले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न प्रचलित कानूनको पालना गर्ने प्रतिबद्धतासहित कारोबार फुकुवाको लागि अनुरोध गरे पछि आजैबाट कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले कम्पनीलाई सचेत गराउदै कारोबार फुकुवा गरेको हो ।सिटिजन लाइफले पटकपटक लाभांशको सूचना परिवर्तन गरेकाले धितोपत्र सूचीकरण विनयमावली २०७५ को विनियम १६९१०९ग०मा भएको व्यवस्थाबमोजिम नेप्सेले गत वैशाख २५ गते कम्पनीको दोस्रो बजार धितोपत्र कारोबार स्थगन गरेको थियो ।

कम्पनीले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने उल्लेख गर्दै धितोपत्र कारोबार फुकुवा गरिदिन आग्रह गर्दै गत वैशाख २६ गते नेप्सेलाई पत्र लेखेको थियो ।