२०८१ मंसिर १० , सोमवार

भाटभटेनीका मालिक गुरुङद्वारा बाल अस्पताललाई ४१ करोड सहयोग

440452234_954621139791574_1856376198855276588_n_B2RbZquJEF

 

सुनाखरी न्युज/ काठमाडौं ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताललाई ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ। निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रूपैयाँ सहयोगको घोषणा गरेका हुन्।

शुक्रबार गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्र पुगेका थिए।सुपरमार्केटले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘हाम्रो भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणाले हामी सबैलाई थप हर्षित बनाएको छ ।’

कोइरालाको नेतृत्वमा देशका ७ प्रदेशमा ७ वटा बाल अस्पताल बनाउने लक्ष्य लिइएको छ। जसअनुसार हेपाली हाइटमा निर्माण गरिने बाल अस्पतालको एउटा पुरै ब्लक निर्माण गुरुङले निर्माण गरिदिने बताइएको छ । गुरुङले यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएका थिए ।