२०८१ आश्विन ६ , आइतवार

नयाँ फिल्ममा सन्तोष सेन र अनमोल केसीले सहकार्य गर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सन्तोष सेनले निर्माण तथा निर्देशन गर्न लागेको पिरियड ड्रामा फिल्मका लागि अभिनेता अनमोल केसी कास्ट हुने लगभग टुंगो लागेको छ ।केही दिनअघिको मिटिङमा सहकार्यबारे लगभग निधो भएको सेनले जानकारी दिए । अनमोलले पनि अर्को वर्षदेखि प्रोजेक्ट गर्ने कुरा भएको पुष्टि गरे ।‘लिखित सहमति र अनुबन्धन केही भएको छैन ।

अनमोलले पनि सन्तोषजस्ता राम्रा मेकरसँग काम गर्ने इच्छा भएको बताउँदै अर्को वर्षदेखि काम थाल्ने कुरा भएको बताए । निर्माता तथा निर्देशक सेन ‘बलिदान’पछि यो पिरियड ड्रामा निर्माणमा अघि बढ्नेछन् । यो फिल्मले नेपाल र तिब्बतबीच १८५५ देखि १८५६ सम्म चलेको युद्धको कथा भन्छ । उक्त युद्धमा एक नेपाली सिपाहीले गरेको संघर्ष यसको कथा हो ।

उक्त युद्धपछि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा र तिब्बतका प्रतिनिधि कालोन सात्र्रबीच तत्कालीन प्रधानमन्त्री निवास थापाथलीमा २४ मार्च १८५६ मा दशबुँदे शान्ति सम्झौता भएको थियो ।

नेपाली सिपाहीले यो युद्धमा बहादुरी प्रदर्शन गरेपछि नेपालले यो युद्ध जितेको थियो ।सेनले असारदेखि छायांकन सुरु हुने फिल्म ‘बलिदान’पछि यो नयाँ फिल्मको निर्माण सुरु हुने बताए ।