सुनाखरी न्युज/ काठमाडौं ।
साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढेको छ।यसदिन नेप्से ०.४२ प्रतिशतले बढेर १९७४.५० विन्दुमा बन्द भएको छ।आइतबारको बजारमा तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् बिहीबार तीन अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रूपैयाँको कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३ करोड रूपैयाँ वृद्धि भएको हो।
तीन क्षेत्र फाइनान्स, होटल तथा पर्यटन र माइक्रोफाइनान्सका सूचक घटे भने अरु सबै क्षेत्रका सूचक बढेका छन् । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २.६ प्रतिशत बढ्यो । यसअघि गत बिहीबार होटल समूह सबैभन्दा धेरै ६ दशमलव ९ प्रतिशत बढेको थियो ।
बैंकिङ ४, विकास बैंक ४२, हाइड्रोपावर ३, जीवन बीमा १२२, निर्जीवन बीमा २७२, अन्य ११, ब्यापार ३१ र उत्पादन समूह सूचक ९३ अंक बढे । फाइनान्स १८, होटल तथा पर्यटन १२६ र माइक्रोफाइनान्स ५७ अंक घटे ।