२०८१ मंसिर १५ , शनिवार

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार नेप्से परिसूचक २४.३९ अंकले बढेको छ।यसदिन नेप्से १.२३ प्रतिशतले बढेर १९९८.८९ विन्दुमा बन्द भएको छ।सोमबारको बजारमा तीन अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् आइतबार तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रूपैयाँको कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा कारोबार रकममा २५ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन बजारलाई बैंकिङ समूहले नै बढाएको छ । बैंकिङ क्षेत्रको सूचक सबैभन्दा धेरै ३.२ प्रतिशत बढ्यो । त्यस्तै लगानी समूह २ प्रतिशत बढ्यो । अंकका आधारमा बैंकिङ ३२, विकास बैंक १२, हाइड्रोपावर १३, जीवन बीमा ५०, माइक्रोफाइनान्स ३० र अन्य समूह १४ ले बढे ।

व्यापार ८, निर्जीवन बीमा ३, उत्पादन ६, होटल तथा पर्यटन २२ र फाइनान्स समूह ४ अंक घटे । पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, सिर्जनशील लघुवित्त र हिमालय ऊर्जा विकासको मूल्य १० प्रतिशत बढ्यो ।