२०८१ मंसिर १० , सोमवार

कुमारी बैंक र निको बाल अस्पतालबीच सम्झौता

niko

सुनाखरी न्युज/ काठमाडौं ।

कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको बाल अस्पताल बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई निको बाल अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो निको बाल अस्पतालबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा त्तच् द्वारा गर्दा १५% छुट प्राप्त गर्न सकिने बैंकले जनाए ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको बताए ।