२०८१ आश्विन ६ , आइतवार

‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने

fari farki

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । फिल्म जापाको नागोया सहरमा रिलिज हुने निर्माण यूएनए इन्टरटेनमेन्टले जनाएको छ ।

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा रहेको फिल्म सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको हो ।अनमोलको अलवा फिल्ममा जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको अभिनय छ ।

फिल्मको अष्ट्रेलिया, अमेरिका लगायतका देशको अधिकार पनि विक्री भइसकेको छ । नेपालमा फिल्म १० जेठबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।