२०८१ मंसिर १५ , शनिवार

नेप्से परिसूचक २८.६२ अंकले बढ्यो

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढेको छ।यसदिन नेप्से १.४३ प्रतिशतले बढेर २०२७.५१ विन्दुमा बन्द भएको छ।मंगलबारको बजारमा चार अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६४ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् सोमबार तीन अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रूपैयाँको कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६८ करोड रूपैयाँ वृद्धि भएको हो।२२ कम्पनीको मूल्य घट्दा २१९ को बढ्यो भने ३ को स्थिर रह्यो ।

कुल ४ अर्ब ८ करोड करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ३ अर्ब ४० करोडको भएको थियो । सबै क्षेत्रका सूचकहरु बढेका छन् । हाइड्रोपावर र माइक्रोफाइनान्स समूह ३ प्रतिशतभन्दा धेरै बढे ।

अंकका आधारमा बैंकिङ २, विकास बैंक ५९, फाइनान्स ६, होटल तथा पर्यटन ४८, हाइड्रोपावर ७६, जीवन बीमा १४१, उत्पादन १६, माइक्रोफाइनान्स १४६, निर्जीवन बीमा १९०, अन्य १७ र व्यापार समूह ०.८४ अंक बढे ।