सुनाखरी न्युज/ काठमाडौं।
प्रदशनि मार्ग स्थित ठमाण्डू मोडेल अस्पताल(KMH)र प्रभु बैंक लिमिटेडबीच बैंककाग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदानगर्ने सम्झौता भएको छ ।एक समारोहका बिच काठमाण्डू मोडेल अस्पताल(KMH)का प्रबन्धकिय निर्देशक गौरी प्रधानर प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर(CMO)रविन्द्र ढकाल ले समझदारी ज्ञापनपत्र(MOU)मा हस्ताक्षर गरेको छ ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले काठमाण्डू मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियो थेरापी,दन्त सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सकिने बैंकले जनाए । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आूफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।
नेपालको सामुदायिक क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक काठमाण्डू मोडेल अस्पताल(KMH)ले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवाप्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आईरहेको छ ।
स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि काठमाण्डू मोडेल अस्पताल(KMH)माविभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको जनाए ।साथै काठमाण्डू मोडेल अस्पतालले दन्त चिकित्सालय सुविधा पनि उपलब्ध गराउदै आइरहेको छ ।