२०८१ आश्विन ६ , आइतवार

फिल्म ‘फर्की फर्की’ नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकैदिन रिलिज हुने

farki farki

सुनाखरी न्युज/ काठमाडौं।

अनमोल केसी स्टारर फेन्टासी-ड्रामा ‘फर्की फर्की’ नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकैदिन रिलिज हुने भएको छ । निर्माता कम्पनी रोहित अधिकारी फिल्म्सले बुधबार विज्ञप्ति जारी गर्दै जेठ १० मा यो फिल्म देशभित्र र बाहिर एकैसाथ प्रदर्शनमा आउने जनाएको छ ।

अमेरिकामा एकै सातामा ३०० भन्दा बढी शो र अष्ट्रेलियामा एकै सातामा ५०० भन्दा बढी शो तय भएको उल्लेख छ । अमेरिकी वितरक प्याट्रिक सुवेदीले अमेरिकाका धेरै सहरमा फिल्म लाग्ने जनाएका छन् ।अष्ट्रेलियाका १८ हलमा फिल्म लाग्ने उल्लेख छ ।

जापान, हङकङ, दक्षिण कोरिया, बेलायत, माल्टा र न्युजिल्याण्डमा पनि फिल्म लाग्ने तय छ । भारत प्रदर्शनबारे भने केही दिनमा तय हुने जनाइएको छ । सुयोग गुरुङ निर्देशित यो फिल्ममा अनमोलसहित जसिता गुरुङको शीर्ष भूमिका छ ।