२०८१ मंसिर १४ , शुक्रवार

नेप्सेसँगै कारोबार रकम घट्यो,तीन अर्ब ७० करोडको सेयर कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं।

बुधबार नेप्सेमा करेक्सन आएको छ।लगातार चार दिन नेप्से उच्च अंकले बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो।यो चार दिनमा नेप्से ६७ अंकले बढिसकेको छ।

बुधबार नेप्से परिसूचक ९.५४ अंकले घटेको छ। यसदिन नेप्से ०.४७ प्रतिशतले घटेर २०१७.९७ विन्दुमा बन्द भएको छ। बुधबारको बजारमा तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रूपैयाँको सेयर कारोबार भएको छ।

उत्पादन समूह सबैभन्दा धेरै १.४ प्रतिशत बढ्यो भने विकास बैंक समूह सबैभन्दा धेरै ०.९६ प्रतिशत घट्यो । अंकका आधारमा बैंकिङ ५, विकास बैंक ४०, फाइनान्स ८, होटल तथा पर्यटन ४१, हाइड्रोपावर १९, जीवन बीमा १९, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ३७ र अन्य समूह १५ अंक घटे ।

ब्यापार समूह ३१ र उत्पादन समूह ८९ अंक बढे ।उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । माण्डु हाइड्रोपारको ६, बुद्धभूमि हाइड्रोपावरको ५.६, सुपरमाइ हाइड्रोपारको ४.४ प्रतिशत मूल्य बढ्यो ।