सुनाखरी न्युज/ काठमाडौं।
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गर्दै सफाइ दिएको हो । जिल्ला अदालत काठमाडौँले उनलाई दोषी ठहर गर्दै गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको हो। उच्च अदालतका प्रवक्ता विमल पराजुलीले उच्च अदालतले जिल्लाको फैसला उल्टाउँदै लामिछानेलाई सफाई दिएको जानकारी दिए। जिल्ला अदालतले गत पुस १३ गते लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको थियो। उनीलाई तीन लाख जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो।
त्यस विरुद्ध लामिछाने उच्च अदालत पुगेका थिए। उनले गत फागुन १० मा पुनरावेदनका लागि निवेदन दिएको थिए।जिल्लाको फैसलाविरुद्ध सन्दीप उच्च अदालतमा पुनरावेदनका लागि गएका थिए। उनको पुनरावेदनमाथि भएको सुनुवाई सक्काएर बुधबार न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाई दिएको हो। २०७९ सालको भदौ २१ गते गौशाला २६ ९नाम परिवर्तन० ले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् ।
उच्च अदालतको यो फैसलासँगै सन्दीपले टी–२० विश्वकप क्रिकेट खेल्ने बाटो खुलेको छ । जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट सङ्घ ( क्यान) ले उनलाई निलम्बनमा राखेको थियो ।आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा टी- २० विश्वकप हुँदैछ । यो विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दैछन् ।
विश्वकपका लागि यसअघि नै नेपालले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ( आईसीसी) ले गत १ सम्म टोली घोषणाका लागि समय दिएको थियो। आईसीसीको निर्देशनअनुसार नेपाल क्रिकेट संघ ९क्यान० ले १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।