२०८१ मंसिर १५ , शनिवार

विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिन बागमतीमा मन्त्रालय फुटाइयो

Screenshot 2024-05-15 200330

सुनाखरी न्युज/ हेटौंडा ।

विना विभागीय मन्त्री रमा आले मगरलाई बागमतीमा  युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।

मन्त्रिपरिषदको बुधबार साँझ बस्ने  बैठकले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने र उक्त मन्त्रालयको जिम्मेवारी आलेलाई दिने तयारी भएको एक मन्त्रीले जानकारी दिए ।

 

१९ चैतमा मन्त्री नियुक्त भएकी एकीकृत समाजवादीकी नेतृ आले झण्डै डेढ महिनादेखि मन्त्रालयविहीन थिइन् । उनलाई जिम्मेवारी दिन माओवादी नेतृ कुमारी मोक्तानले सम्हालिरहेको सामाजिक विकास मन्त्रालय फुटाउन लागिएको हो ।

मन्त्रिपरिषदले मन्त्रालय विभाजनको निर्णय गरेर बुधबार नै आलेको जिम्मेवारी तोक्ने एक मन्त्रीले जानकारी दिए ।