२०८१ पुष २२ , सोमवार

अब बैंकहरूले सम्भावित कर्जा नोक्सानी तीन वर्गमा बाँड्नुपर्ने

Bank

सुनाखरी न्युज/ काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाहरूले आगामी आर्थिक वर्ष २०८१-८२ बाट कर्जालाई फरक तरिकाले वर्गीकरण गर्नुपर्ने भएको छ।

बैंकहरूले हाल  सक्रिय कर्जा अन्तर्गत असल र सूक्ष्म निगरानी कर्जा मानेर र निष्क्रिय कर्जा अन्तर्गत कमसल, शंकास्पद र खराबको रूपमा वर्गीकरण गर्दै आएका छन्। अब भने कर्जाको वर्गीकरण पहिलो वर्ग, दोस्रो वर्ग र तेस्रो वर्ग मानेर गर्नुपर्ने भएको छ।

अनुमानित कर्जा जोखिम (एक्सपेक्टेड क्रेडिट लस) कार्यविधिले नयाँ व्यवस्था गरेको हो।

यसले १२ महिनाभित्र नोक्सान हुनसक्ने कर्जा र कर्जाको अवधिभर नै उठ्न नभएका कर्जाको वर्गीकरण गर्छ।

पहिलो वर्गमा तत्कालै जारी भएका कर्जा तथा जोखिम सम्भावना कम भएका ऋणपत्र लगायतका उपकरण राख्न पर्ने व्यवस्था गरिएको छ। यो वर्गमा भने ३० दिनभन्दा बढी समयदेखि भाका नाघेको तर ९० दिन नकटेको, राष्ट्र बैंकले सूक्ष्म निगरानी ९वाच लिस्ट० मा राख्न भनेका कर्जा राख्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, बैंकले सीमा दिएर झिक्न मिल्ने गरी दिएको वा सीमा नतोकी दिएको कर्जा रद्द गरिएमा, पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका तर खराब वर्गमा नराखिएका कर्जा र बिबी प्लसभन्दा कम रेटिङ प्राप्त गरेका लगानी उपकरणमा रहने बैंकको दाबीलाई पनि यो वर्गमा राख्नपर्ने हुन्छ।

तेस्रो वर्गमा भने ९० दिनले भाका नाघेका कर्जा, धितो बिक्री नगरेको अवस्थामा पूरै उठ्ने सम्भावना नदेखिएका कर्जा, ब्याज नउठेको कर्जा, साँवा र ब्याजको लागि भाका सारिएका कर्जा, कालो सूचीमा राखिएका ऋणीका कर्जा, र राष्ट्र बैंकको निर्देशन अनुसार निष्क्रिय वर्गमा समावेश भएका कर्जालाई राख्नुपर्ने व्यवस्था गरेको छ।

जोखिम घटेको देखिएमा मात्रै कर्जालाई दोस्रो वर्गबाट पहिलो वर्गमा सार्न सकिने व्यवस्था गरिएको छ।