२०८१ मंसिर १० , सोमवार

MOSROS ललितपुर-चन्द्रागिरी सम्पदा कार रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनशिप

Capture

सुनाखरी न्युज/ काठमाडौं।

नेपाल मोटर स्पोट्र्स एन्ड रोड सेफ्टि फेडेरेसनले विश्व पर्यावरण दिवसको अवसर पारेर NMRFले MOSROS ललितपुर-चन्द्रागिरी सम्पदा कार रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनशिप आयोजना गर्ने घोषणा गरेको छ ।यो रोमांचक मोटर स्र्पोट्र्स कार्यक्रम मार्फत मोटर स्पोट्र्सको कार्यको साथमा नेपालका मनोरम तथा पुरातत्विक सम्पदाको प्रचार प्रसार गर्ने उद्देश्य लिइएको छ ।

रेली ललितपुरको जावलाखेल मैदानबाट शुरू हुनेछ, ललितपुरको विभिन्न पुरातात्विक सम्पदा स्थलहरू जस्तै, कृष्णमन्दिर र काठमाडौं, स्वयम्भू स्तुपा र ऐतिहासिक किर्तिपुर शहरको पुरातत्विक सम्पदामा घुम्दै मनोरम मातातिर्थमा समापन हुनेछ । यस कार्यक्रममा दुई रोमाञ्चक खण्ड हुनेछ, समय-गति-दुरी (TSD ) रेली र अटोक्रस ।TSD रेलीमा ड्राइभरहरूले तोकिएको गती, चालमा गाडी चलाउनुपर्नेछ ।समय, गति, र दुरीको आधारमा ड्राइभरहरूले प्रतिस्पर्धा गर्नेछन् ।सबैभन्दा सटिक प्रतिस्पर्धीलाई पहिलो, दोस्रो, र तेस्रो स्थानमा पुरस्कृत गरिने जनाए ।सबै गाडिहरु जिपियस मेसिनले ट्रर्याकिंग गरिरहेको हुनेछ ।अटोक्रोस खण्ड मातातिर्थमा हुनेछ, जसमा राष्ट्रिय ड्राइभरहरूले उत्कृष्ट प्रदर्सनी गर्ने छन् ।

अटोक्रसमा भाग लिने गाडीहरूको श्रेणी १०००-१६०० सीसी हुनेछ ।रेलीको लागि सबै सिसिका कारहरुले सहभागिता जनाउन पाउनेछन् । यस प्रतियोगितामा अधिकतम २५ गाडीहरू रहेने छन्, प्रत्येकमा ड्राइभर र एक नेभिगेटर हुनेछन् ।नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) जुन अन्तर्राष्ट्रिय अटोमोबाइल खेलहरुको नियमक सस्था (FIA ) तथा रास्ट्रिय खेल्कुद परिसदबाट मान्यता प्राप्त संघ हो ।यस नासा नेपालमा अनुबन्दित यस NMRFमा अनुभवी खेलाडी, तथा खेलकर्मि सदस्यहरु रहेका छन् ।ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहयोग र आबद्दता सहित हुन गईरहेको यस र्यालिमा ललितपुर, काठमाडौं सहित किर्तिपुर अनि चन्द्रागिरी लगायतका सम्पदाहरुलाई मोटर स्पोट्र्सका माध्यमबाट बिश्वस्तरमा पुराउने बिस्वास लिइएको छ ।

यस प्रेस मिटमा विशिष्ट व्यक्तित्वहरू, एफआइएका विश्व परिषद सदस्य गोविन्द भट्टराई, नासा नेपालको अध्यक्ष दसराथ रिसाल, चन्द्रागिरीका वडा अध्यक्षहरू क्रमश १, ५, ६ र १० का घनश्याम लुइटेल र संजय सिग्देल, शिवकुमार महर्जन र ललितपुर महानगरपालिका लगायत अन्य बिशिस्ट ब्यक्तिहरुको उपस्थिति रहेको छ ।उहाहरुले आफ्नो मन्तब्य राख्दै कार्यक्रममा पुर्न समर्थन गर्दै सक्दो सहयोग वाचा गरेको छ । NMRFको अध्यक्ष दीपक आचार्यले आफ्नो भनाइ राख्दै NMRFले गर्ने यस प्रतियोगिताले खेल साथ साथै ललितपुर ९ चन्द्रागिरीका पुरातात्विक सम्पदामा नेपालको समृद्धपन अन्तरास्ट्रिय जगतमा फैलिने र पर्यावरणीय संरक्षणमा हाम्रो समर्पणको अवलोकन गराउँदछ भन्नेमा प्रस्ट पारे ।

NMRF को महासचिव अनिल के. बरालले MOSROS ललितपुर-चन्द्रागिरी सम्पदा कार रेली र राष्ट्रिय अटोक्रस चैम्पियनशिप पूर्ण रूपमा सुरक्षित खेल, सम्पदा र पर्यवरण तीन प्रकारलाई सम्पोधन गर्ने मोटर स्पोट्र्स कार्यक्रमहरूको प्रतितको रुपमा रहेकोले सम्पूर्ण सहभागीहरू र दर्शकहरूलाई यस ऐतिहसिक कार्यक्रममा सहभागी हुन आमन्त्रण गरे ।