२०८१ मंसिर १४ , शुक्रवार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

Capture

सुनाखरी न्युज/ काठमाडौं।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्।बिहीबार दिउँसो १२ बजे बसेको प्रदेश सभा बैठकबाट उनलाई २८ जना सासंदले विश्वासको मत दिएका हुन्।

सभामुख भीम भण्डारीले सदमा मत विभाजनको नतिजा सुनाउँदै बैठकमा उपस्थित सांसदको संख्या २८ रहेको बताए।जसमध्ये विश्वासको मतको पक्षमा २८, विपक्षमा शून्य र तटस्थमा शून्य मत परेको जानकारी दिएका थिए।

नेकमा माओवादीका १०, एमालेका ११, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसदले उनलाई विश्वासको मत दिए।