२०८१ पुष ८ , सोमवार

डाटा चलाउने ग्राहकका लागि यी हुन् रुचिकर नेपाल टेलिकमका सेवाहरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डाटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको छ । इन्टरनेट सुविधाकालागि समय समयमा विभिन्न प्रविधि भित्रिने र परिमार्जन हुने क्रम जारी रहेको अवस्था छ ।हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुमध्ये इन्टरनेट सेवा एक हो ।

यसकालागि कम्पनीले विभिन्न वैकल्पिक प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच प्रविधिको एनटी फाइबर सेवा, मोबाइलमा उपलब्ध हुने फोरजी सेवा र नमस्ते वाइफाई सेवा रुचिकर बनेका छन् ।

एनटी फाइबर
नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ ।कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ । अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाज सहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ । त्यसैगरी ग्राहकको आवश्यकता अनुसार दैनिक रुपमा मोबाइलमा समेत डाटा उपलब्ध हुन्छ ।

एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्रीप्लस वानअर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामकरण गरेको छ ।नेपाल टेलिकमले ५०,७५, १००, १५० र २०० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ । कम्पनीका सेवाग्राहीहरूले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधाउपभोग गर्न पाउछन् । कम्पनीले तोके बमोजिमकै ब्यान्डविथ उपलब्ध गराइरहेको छ ।

एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीले १९८ मा डायल गरी प्राप्त सन्देश पश्चात फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवाका बारेमा जानकारी पाउनुका साथै म्झबलम च्भनष्कतचबतष्यलपनि गर्न सक्नेछन् ।साथै नेपाल टेलिकम एप प्रयोग गरेर पनियसको वारेमा जानकारी लिन सकिन्छ ।

आकर्षक मोबाइल डाटा
अहिले धेरैले मोबाइल प्रयोग गरेको पाइन्छ । मोबाइल मार्फत कसैलाई कल गर्नका लागि मात्र नभई यसमा डाटासमेत चलाउन सकिन्छ । त्यसैले अहिले धेरैले मोबाइल डाटाप्रयोग गरेको पाइन्छ । फोरजी सेवा उपलब्ध भए पश्चात्मोबाइलमा उपलब्ध हुने डाटाको लोकप्रियता बढिरहेको छ ।

नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिने मोबाइल डाटा उपलब्ध गराइरहेको छ । ग्राहकले आवश्यकता अनुसार कमवा धेरै मूल्यको डाटा प्रयोग गर्न सक्ने गरी प्याकेज निर्धारण गरिएका छन् ।

हाल कम्पनीले स्प्रिङ अफर अन्तर्गत विभिन्न दरका आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । यस अन्तर्गत अनलिमिटेड डाटा प्रयोग गर्न सकिने सुविधा समेत छ । त्यसैगरी पोस्टपेड प्याक, फोरजीप्याक, डे प्याक, नाइट प्याक, स्टे कनेक्टेड प्याक, पपुलर प्याक आदि उपलब्ध छन् ।

विभिन्नप्याकेज प्राप्तगर्नका लागिग्राहकले ८ज्ञद्धज्ञछ३ डायल गर्नुपर्छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिनतथा सेवाखरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवाखरिद गर्न सकिन्छ ।

नमस्ते वाइफाई
नेपाल टेलिकमले फोरजी एलटीई प्रविधिमा आधारित नमस्ते वाइफाई सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले एफटीटीएच सेवा उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो सेवाविस्तार गरेको हो ।

टेलिकमले नमस्ते वाइफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरू आवश्यक डिभाइस सहित ग्राहकलाई सहज रुपमा उपलब्ध हुन्छ ।

नमस्ते वाइफाई अन्तर्गत डाटा मात्र चलाउन चाहने ग्राहककालागि‘अनलिमिटेड डाटावान्ली’ र ‘अनलिमिटेड डाटा विथ भ्वाइस’प्याकेज उपलब्ध छ । यस अनुसार डाटा मात्र चलाउनका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियम प्याकेज उपलब्ध छन् भने भ्वाइस सहितको डाटा चलाउनका लागि पनि बेसिक र प्रिमियम प्याकेज उपलब्ध छन् ।

नमस्ते वाइफाई सेवाको प्याकेज र मूल्यको वारेमाhttps://www.ntc.net.np/post/namaste-wi-fiष्मार्फत विस्तृत जानकारी लिन सकिन्छ ।