२०८१ आश्विन ६ , आइतवार

‘छक्का पञ्जा ५’ मा नयाँ नायिका

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले बनाउन लागेको नयाँ फिल्म हो ‘छक्का पञ्जा ५’ । फिल्मको लेखनका लागि केही समय पोखरा रहेका दीपक लेखन सकाएर हालै काठमाडौँ फर्किसकेका छन् ।

फिल्मको छायाङ्कन जेठको १५ गतेबाट सुरु गर्ने तयारीमा निर्माण युनिट जुटेको छ । फिल्म दीपाश्री निरौलाले नै निर्देशन गर्न लागेकी हुन् । फिल्मका लागि अहिले कलाकार छनौट भइरहेको छ ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे लगायतका केही कलाकार पुरानै रहनेछन् । अन्य कलाकारहरूसँग कुराकानी भइरहेको निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीको भनाई छ ।

यो सिक्वेलमा पनि नयाँ नायिका हुन सक्ने अनुमान गर्न सकिन्छ । ‘छक्का पञ्जा ५’ को रिलिज मिति यसै वर्षको दसैँमा हुने भनिएको छ ।