२०८१ मंसिर १० , सोमवार

सिनामंगलमा अन्तर्राष्ट्रिय स्तरको आईभीएफ केन्द्र सञ्चालनमा

hardik-ivf-1

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा उच्चस्तरीय सुविधासहित अन्तर्राष्‍ट्रिय स्तरको आईभीएफ केन्द्र सञ्चालनमा आएको छ । हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टर नामको केन्द्रमा निःसन्तान, प्रसुती तथा स्त्रीरोगसम्बन्धी सुलभदरमा उपचार सुविधा उपलब्ध रहेको प्रमुख सञ्चालक कैलाश खड्काले बताए । नयाँ वर्ष २०८१ लाई लक्षित गरी साथै कम आय भएका बिरामीका लागि यही असार मसान्तसम्म १ लाख ९९ हजारमा आईभीएफ साथै ८ हजार ५ सयमा आईयूआई सेवा सञ्चालन गरिने प्रमुख सञ्चालक कैलाश खड्काले जानकारी दिए । उनका अनुसार ल्याब टेष्ट तथा वीर्यको जाँचमा २० प्रतिशत छुट पनि दिइने छ ।

यस केन्द्रमा निःसन्तान वा प्रजनन समस्या भएका दम्पतीहरूलाई परामर्श सेवा सहित निःसन्तान हुनुको सही कारण पत्ता लगाई आइयुआइ, आइभिएफ लगायतका अन्य उपचार सेवा सुपथ मूल्यमा उपलब्ध रहेको छ। अन्तर्राष्ट्रिय स्तरको भ्रुण बनाउने ल्याब तथा मसिन रहेको यस केन्द्रले पुरुषको विर्य जाँचदेखि भविष्यका लागि भ्रुण सुरक्षित राख्ने, विर्य फ्रिज गरी सुरक्षित राख्ने, विवाहित वा अविवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण गर्न सक्ने व्यावस्था समेत गरेको छ।

यस केन्द्रमा निःसन्तान वा प्रजनन समस्या भएका दम्पतीहरूलाई परामर्श सेवासहित निःसन्तान हुनुको सही कारण पत्ता लगाई आईयू आई, आईभीएफलगायतका अन्य उपचार सेवा सुपथ मुल्यमा उपलब्ध रहेको सञ्चालक खड्काले जानकारी गराउँछन् । केन्द्रले हालसम्म दर्जनौं दम्पतीलाई निःसन्तानसम्बन्धी सफल उपचार एवं परामर्श सेवा उपलब्ध गराएको छ ।