२०८१ मंसिर ११ , मंगलबार

दक्षिण अफ्रिकाद्वारा गाजामा युद्धविरामको आदेश दिन र रफाहामथि इजराइली आक्रमण रोक्न अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) समक्ष इजराइललाई प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको आरोप लगाएको मुद्दाअन्तर्गत रफाहमा भएको आक्रमण रोक्ने आदेश दिन आग्रह गरेको अल जजिराले बिहीबार रिपोर्ट गरेको छ ।गाजामा इजराइलको आक्रमणलाई लिएर जनवरीमा मुद्दा दायर गरेको दक्षिण अफ्रिकाले दक्षिणी गाजा पट्टीको रफाह सहरमा आफ्नो आक्रमणलाई लिएर थप आपत्कालीन उपायहरू खोजिरहेको छ ।

यसले बिहीबार हेगको अदालतमा प्यालेस्टिनी जनताले ‘निरन्तर विनाश’ को सामना गरिरहेको र रफाहमा भएको आक्रमणले ‘गाजा पूर्णरूपमा नष्ट भएको अन्तिम खेलको हिस्सा’ बताएको छ ।दक्षिण अफ्रिकी वकिल टेम्बेका एनग्कुकाइटोबीले ‘नरसंहार’ को परिणाम निम्त्याउन सक्ने ‘स्पष्ट चेतावनी’ हुँदाहुँदै पनि इजराइलले रफाहमा आक्रमण गर्न दबाब दिइरहेको बताउनुभयो ।

सन् १९४९ को नरसंहार महासन्धि उल्लङ्घन गरेको दक्षिण अफ्रिकाको दाबीलाई आधारहीन भन्दै अस्वीकार गरेको इजराइलले शुक्रबार जवाफ दिने अल जजिराले जनाएको छ ।अदालती सुनुवाइको केही मिनेटअघि इजराइली रक्षामन्त्री योव गालान्टले व्यापकरूपमा आलोचना गरिएको रफाह अपरेसन जारी रहने बताउनुभयो ।

आइसीजेका न्यायाधीशहरूले पहिले नै गाजामा मानवीय पीडा सीमित गर्न अस्थायी उपायहरू जारी गर्दै इजराइललाई आवश्यक पहल गर्न आदेश दिएका थिए । ती प्रावधानमध्ये इजराइलले गाजामा गम्भीर भोकमरीबाट पीडित प्यालेस्टिनीहरूलाई ढिलाइ नगरी आधारभूत खाद्यान्न आपूर्ति सुनिश्चित गर्नु थियो ।यस महिना इजराइली सेनाले मानवीय सहायताका लागि महत्त्वपूर्ण प्रवेश विन्दु गाजा पट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङको प्यालेस्टिनी पक्ष कब्जा गरी बन्द गरेको हो । सहायता एजेन्सीहरूले इजराइलको यो कदमले उनीहरूको सहायता सञ्चालनमा उल्लेखनीय बाधा पुर्याएको चेतावनी दिएका छन् ।

“यो मानवीय सहायताका लागि गाजाको प्राथमिक केन्द्र हो, यदि रफाह पतन भयो भने भने गाजाले पनि पतन हुन्छ”, दक्षिण अफ्रिकाले अदालतमा लिखित निवेदनमा भन्यो ।“मानवीय सहायतालाई अवरुद्ध गर्नु प्यालेस्टिनीहरूको जीवनको अन्त्यका रुपमा हेर्न सकिन्छ । भोकमरी अनिकालसम्म पुगेको छ”, वकिल आदिला हासिमले भन्नुभयो ।  रासस/एएनआई