सुनाखरी न्युज/ काठमाडौं ।
कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरेको छ ।
शुक्रवार सो सङ्गठनले संसद् भवन अगाडि प्रदर्शन गरेको हो । नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।