सुनाखरी न्युज/ काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घरटहरामा डोजर चलाएको छ। सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।
अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । आज पहिलो दिन ६ वटा घरहरु भत्काइएको छ ।
काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो । १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर घर धनीले आफैं नभत्काएपछि महानगरले डोजर चलाएको नगर प्रहरी प्रमुख पाण्डेले बताए ।