२०८१ मंसिर २ , आइतवार

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै उपेन्द्रले दिए सर्वोच्चमा रिट

Capture

se

सुनाखरी न्युज/ काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट लिएर पुगेका हुन् । सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले यादवको रिट सर्वोच्च आइपुगेको र आवश्यक प्रक्रिया पुर्‍याएर दर्ता गर्ने तयारी भइरहेको बताए ।

जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले निवेदकले त्यसलाई रोक्न रिटमा माग गरेका छन् ।

अध्यक्ष यादवले जसपाबाट विभाजित भई गएका ७ सांसदलाई विश्वास मत प्रक्रियामा सहभागी नगराउन माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्।प्रधानमन्त्री सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् ।