सुनाखरी न्युज/ काठमाडौँ ।
ईटहरी उपमहानगरपालिका-७ बस्ने २८ वर्षीय भिम भन्ने राम कुमार पण्डितको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय उमेश चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका-७ रामजानकी टोलमा उमेशले धारिलो हतियार खुकुरी प्रहार गर्दा रामकुमारको घटनास्थलमै मृत्यु भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।