२०८१ मंसिर १० , सोमवार

सिटिजन्स बैंकद्वारा बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग प्रदान

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

बिगत सत्रवर्ष देखि आम नेपाली सर्वसाधारण ग्राहकवर्गहरु माझ सर्वसुलभ बैंकिङ्ग सेवापुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला स्थितबेनी अस्पताललाई आरवो(RO)वाटर फिल्टर सहयोग प्रदान गरेको छ ।

बेनी अस्पतालमा आज आयोजित एक कार्यक्रमका बीच अस्पताललाई वाटर फिल्टर हस्तान्तरण गरिएको छ ।अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण विरामीहरुलाई कठिनाईका साथसाथै स्वास्थ्य कर्मीहरुलाई पनि सेवा प्रवाहमा असहजता भएको हुदाँ अस्पतालको सेवाप्रवाहमा केही हदसम्म सहजता होस भन्ने हेतुले बैंकले बेनी अस्पताललाई दुईवटा वाटर फिल्टर सहयोग प्रदान गरेको जनाए ।

बैंकको यस कार्यबाट सेवा ग्राहिहरुलाई अस्पातालमा सुरक्षित पिउने पानीको सुनिश्चितता हुने, पानीबाट हुने संक्रमणहरूमा कमिआउने र समग्रमा त्यस क्षेत्रको स्वास्थ्यमा प्रवद्र्धन हुने विश्वास बैंकले लिएको छ ।