२०८१ मंसिर ११ , मंगलबार

स्लोभाकियाली प्रधानमन्त्री फिकोको स्वास्थ्यमा उल्लेख्य सुधार

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

गोली हानी हत्या गर्ने प्रयासपछि गम्भीर घाइते बन्नुभएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको स्वास्थ्य उल्लेख्उय सुधार देखिएको उहाँको उपचारमा संलग्न चिकित्सकको समूहले आइतबार जानकारी गराएको छ ।

प्रधानमन्त्री फिकोको स्वास्थ्य अवस्था हाल खतरामुक्त बनेको उपप्रधानमन्त्री रोबर्ट कालिनाकले आइतबार बताउनुभएको छ ।एक जना बन्दुकधारीले पेटसहित शरीरका चार स्थानमा गोली हानेपछि फिको बुधबारदेखि अस्पताल भर्ना हुनुभएको थियो ।फिकोका निकटतम राजनीतिक सहयोगी कालिनाकले पत्रकारसँगको संवादमा भन्नुभयो, “उहाँ (प्रधानमन्त्री फिको) को जीवन तत्कालका लागि खतराबाट मुक्त भएको छ तर उहाँको अवस्था गम्भीर छ र उहाँलाई सघन उपचारको आवश्यकता छ ।”

स्लोभाकियाका प्रधानमन्त्री खानको बुधबार पाँच घण्टा र शुक्रबार अर्को शल्यक्रिया बाँस्का बाइस्ट्रिकाको एक अस्पतालमा गरिएको थियो ।“हामी उहाँको अवस्थालाई सकारात्मक पूर्वानुमानको साथ स्थिर मान्न सक्छौं,” कालिनकले अस्पताल बाहिर भेला भएका सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो । “अहिले हामी सबै अलि बढी आराम महसुस गरिरहेका छौं,” कालिनाकले भन्नुभयो ।कालिनाकका अनुसार फिकोलाई अहिले तत्काल बाँस्का बायस्ट्रिकामा नै उपचार गरिनेछ ।

स्लोभाकियाका सञ्चारमाध्यमका अनुसार आक्रमणका लागि आरोपित ७१ वर्षीय कवि जुराज सिन्तुलालाई राजधानी ब्रातिस्लाभाको उत्तरपूर्वमा रहेको पेजिनोकस्थित विशेष दण्ड अदालतले पुर्पक्षका लागि थुनामा राखेको छ ।सिन्तुलामाथि सुनियोजित हत्या प्रयासको आरोप लागेको छ ।

सेन्ट्रल माइनिङ टाउन ह्यान्डलोभामा भएको सरकारी बैठकपछि समर्थकलाई अभिवादन गर्न हिँडिरहेका फिकोलाई गोली हानिएको थियो ।रक्षामन्त्री तथा फिकोका निकटतम राजनीतिक सहयोगी उपप्रधानमन्त्री रोबर्ट कालिनाकले प्रधानमन्त्री होशमा रहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ ।  रासस/एएफपी