२०८१ मंसिर ११ , मंगलबार

इरानका राष्ट्रपति रैसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त

Ibrahim-Raisi-Iran-1

सुनाखरी न्युज/ काठमाडौं ।

इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ ।अलजजिराले खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको उल्लेख गरेको छ ।

बीबीसीका अनुसार अजरबैजानस्थित एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रैसी र विदेशमन्त्री हेलिकप्टरमा सवार रहेको पुष्टि गरेका छन् ।

 

राष्ट्रपति रैसी सवार हेलिकप्टरमा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए ।

हेलिकप्टर खोज्नका निम्ति ४० जनाको टोली परिचालन गरिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरिएको थियो र ‘हार्ड ल्यान्डिङ’ को प्रयास गरिएको थियो । दुर्घटनामा परेको हेलिकप्टर काफिलेमा सञ्चालित तीनवटा हेलिकप्टरमध्ये एक हो ।