२०८१ आश्विन ६ , आइतवार

१० वर्षपछि सिड्नीमा कार्यक्रम गर्दै महजोडी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य १० वर्षपछि अस्ट्रेलियाको सिड्नी आउने भएका छन् ।

मार्कक्यू होम्स र एभरेष्ट ट्राभलले आयोजना गर्न लागेको महाजात्रा जुन २ तारिख साँझ ६ बजे सिड्नीको फिल्म फेस्टिबल हुने स्टेट थिएटरमा आयोजना हुने भएको छ।

महजोडीको साथमा गायिका कुन्ती मोक्तान, कलाकारहरु नरेन्द्र कंसाकार र किरण केसी ‘रातामकै’ले पनि प्रस्तुति दिने आयोजकले जनाएको छ ।