२०८१ आश्विन ६ , आइतवार

ऐश्वर्याको हातको शल्यक्रिया गरिने

ashwarya

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन कान्स फिल्म फेस्टिभलको हिस्सा बनेर चर्चामा छिन् । रेड कार्पेटमा पुगेपछि ऐश्वर्याको लुक चर्चामा छ, यद्यपि उनको लुकसँगै हातमा बाँधिएको पट्टीले पनि धेरैको ध्यान तान्यो । पछिल्लो रिपोर्टलाई विश्वास गर्ने हो भने कान्स फिल्म फेस्टिभलबाट फर्किएपछि ऐश्वर्याले आफ्नो हातको शल्यक्रिया गराउनेछिन् ।

हालै हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार ऐश्वर्या रायको दाहिने हातको शल्यक्रिया हुने भएको छ ।पछिल्लो रिपोर्टलाई विश्वास गर्ने हो भने कान्स फिल्म फेस्टिभलबाट फर्किएपछि ऐश्वर्याले आफ्नो हातको शल्यक्रिया गराउनेछिन् । हालै हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार ऐश्वर्या रायको दाहिने हातको शल्यक्रिया हुने भएको छ ।

केही साताअघि ऐश्वर्याको हात भाँचिएको थियो । यति हुँदाहुँदै पनि उनले कान्स जाने निमन्त्रणा स्वीकार गरि पूर्ण तयारीका साथ महोत्सवमा सहभागी भइन् ।