२०८१ मंसिर १४ , शुक्रवार

विपक्षी दलका सांसदहरुको विरोधका वीच प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेससहितका विपक्ष दलहरूको अवरोधकाबिच प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।बैठकको सुरुवातदेखि नै कांग्रेसलगायत विपक्षी दलले वेल घेराउ गर्दै नाराबाजी सुरु गरेको थियो ।

अवरोधका बिच १५८ जना सांसदहरू उपस्थित भएकोमा १५७ जना सांसदले प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

प्रतिनिधि सभामा हाल उपस्थित रहेका सांसदहरूको सङ्ख्या मध्ये १५७ मत बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

यता विपक्षहरूले मत नहालेकाले सो प्रस्तावको विपक्षमा शून्य मत परेको थियो ।प्रधानमन्त्री प्रचण्डले सोमबार चौथोपटक विश्वासको मत लिएका हुन्।  प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।