२०८१ मंसिर ११ , मंगलबार

राफाहबाट आठलाख मानिसहरु विस्थापित

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।

मे महिनाको शुरूदेखि इजरायलले राफाह क्षेत्रमा सैन्य कारबाही सुरु गरेदेखि करिब आठ लाख मानिसहरु राफाहबाटे विस्थापित भएका छन् ।

प्यालेस्टाइनस्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनडब्लुएआर) का प्रमुखले शनिबार गाजामा नागरिकहरूको अधिक सुरक्षा, सुरक्षित मानवीय पहुँच र युद्धविरामको लागि नयाँ अपील गर्दै विस्थापित प्यालेष्टिनीको पछिल्लो विवरण सार्वजनिक गर्नुभएको हो ।

राफाहको लगभग आधा जनसङ्ख्या वा आठ लाख मानिसहरू सडकमा रहेको युएनडब्लुएआरका आयुक्त फिलिप लाजारिनीले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा उल्लेख छ ।मानिसहरूलाई तथाकथित सुरक्षित क्षेत्रहरू खाली गर्नका लागि गरिएको आदेशपछि, मानिसहरू मुख्यतया गाजा र खान युनूसका मध्य क्षेत्रहरूमा गएका हुन् ।

गाजा र खान युनिसमा अत्यधिक भवनहरू ध्वस्त भएको र उनीहरूको व्यवस्थापनमा कठिनाई हुने उहाँले बताउनुभयो ।गाजाका मानिसहरू ‘सुरक्षित’ वा ‘मानवीय’ क्षेत्रमा सर्न सक्छन् भन्ने दाबी झुटो रहेको बताउँदै प्रत्येक पटक यसले नागरिकहरूको जीवनलाई गम्भीर जोखिममा पारेको लाजारिनीले उल्लेख गर्नुुभयो ।गाजामा कुनै सुरक्षित क्षेत्र नभएको र त्यस ठाउँका कुनै पनि मानिसहरु सुरक्षित नरहेको उहाँले उल्लेख गर्नुभयो ।रासस/एएनआई