सुनाखरी न्युज/ काठमाडौं ।
सोमबार सेयर बजारको परिसूचक नेप्से २७.५४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०९२ अंकमा पुगेको छ । दिउँसो कारोबारका क्रममा १२ : २३ बजे २१२१ अंकसम्म पुगेको बजार त्यसपछि केही सम्हालिएको हो ।
कारोबार रकम पनि उल्लेख्य भएको छ । अघिल्लो दिन ५ अर्ब २५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८५ करोडको भयो ।कुल १३४ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने ५ को स्थिर रह्यो ।
यस दिन बजार वृद्धिका लागि बैंकिङ समूहको योगदान उच्च रह्यो । उच्च पुँजीकरण रहेकाले सो समूहले नेप्सेलाई बढी प्रभाव पार्दछ । बैंकिङ सूचक सबैभन्दा धेरै ४.१८ प्रतिशत बढ्यो ।
त्यस्तै व्यापार २.२३, अन्य ०.५२, लगानी १.८४, हाइड्रोपावर १.३८, होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.४२ प्रतिशत बढे । फाइनान्स ०.५७, जीवन बीमा ०.०८, उत्पादन ०.५२, माइक्रोफाइनान्स ०.६५ र निर्जीवन बीमा समूह ०.५० प्रतिशत घटे ।